अमेरिकी इतिहासमा बाइडेन सबैभन्दा बृद्ध राष्ट्रपति

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ०६


काठमाडौं । अमेरिकाको इतिहासमा जो बाइडेन सबैभन्दा बृद्ध राष्ट्रपति बन्ने भएका छन्। उनको हालको उमेर ७७ बर्ष हो।

अबको दुईसातामा उनी ७८ बर्षमा प्रवेश गर्दैछन्।

राष्ट्रपतिमा निर्वाचित बाइडेनले सन् २०२१ को जनवरी २० मा नयाँ अमेरिकी राष्ट्रपतिको रुपमा सपथ ग्रहण लिनेछन् तब उनी ७८ वर्ष ६१ दिनको हुनेछन्।

राष्ट्रपतिको पहिलो (४ वर्षे)कार्यकाल पूरा गर्दा उनी ८२ वर्ष पुगिसकेका हुनेछन् ।

वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प २०१६ मा ७० बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए। उनको हालको उमेर ७४ बर्ष हो।

ट्रम्पले पनि बृद्ध उमेरमा निर्वाचित हुने राष्ट्रपतिको रेकर्ड बनाएका पनि बाइडनभन्दा ट्रम्प ४ वर्ष कान्छा हुन्।

त्यसअगाडि बराक ओबामा ४७ बर्षको उमेरमा राष्ट्रपति भए।

जर्ज डब्लु बुस ५४ बर्षको उमेरमा अमेरिकी राष्ट्रपति भएका थिए । बिल क्लिन्टन ४६ बर्षको उमेरमा राष्ट्रपति भए । जर्ज बुस सिनियर ६४ बर्षको उमेरमा राष्ट्रपति भएका थिए ।

रोनाल्ड रेगन ६९ बर्षको उमेरमा र जिम्मी कार्टर ५२ बर्षको उमेरमा राष्ट्रपति भएका थिए । कार्टर अहिले ९६ बर्षका भए भने उनी सबैभन्दा धेरै उमेर बाँच्ने अमेरिकी राष्ट्रपति हुन्।

अमेरिकाले हालसम्मकै वृद्ध राष्ट्रपति पाइरहँदा बाइडेनभन्दा पाका उमेरका नेताहरु पनि विश्वमा छन्।

बेलायती महारानी इलिजावेथको हालउमेर ९४ बर्ष हो। उनी ६८ वर्षयता सिंहासनमा रहेकी छन्।

क्युबाका चर्चित कम्युनिस्ट नेता फिदेल कास्त्रोका भाई राष्ट्रपति राउल कास्त्रो अहिले ८९ वर्ष पुगिसकेका छन्।

साउदी अरबका राजा सलमान ८४ वर्षका भएका छन्।

यस्तै इरानको सर्वोच्च नेता अयोतल्लाह अलि खानमेयी ८१ वर्षका भएभने लेबननका राष्ट्रपति मिचेल अउन ८५ वर्षका हुन्।

यो पनि पढ्नुहोस्

जो बाइडन– पारिवारिक वेदना झेलेका वयोवृद्ध नेता


प्रतिक्रिया दिनुहोस्