ट्रम्पलाई उनका ज्वाईले हार स्वीकार्न आग्रह गरे

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ३७


काठमाडौं । अमेरिकाको २०२० को राष्ट्रपतीय निर्वाचन डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका छन्।

यो सँगै अब उनी अमेरिकाको ४६ औं राष्ट्रपति हुने निश्चित भएको छ। तर, प्रतिस्पर्धी उम्मेद्वार डोनाल्ड ट्रम्पले अझै हार स्वीकार गरेका छैनन्।

बाइडेनले चुनावमा धाँधलीको गरेको आरोप लगाउँदै आएका ट्रम्पले आफूले आफैलाई चुनाव जितेको घोषणा गरेका छन्।

यसैबीच, राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्याईं जेर्ड कुश्नरले आफ्ना ससुरा ट्रम्पलाई राष्ट्रपतीय निर्वाचनको हारलाई स्वीकार गर्न आग्रह गरेका छन्।

ट्रम्पका सल्लाहकार समेत रहेका कुस्नरले यस्तो आग्रह गरेको अमेरिकी समाचार एजेन्सी सिएनएनले जनाएको छ।

कुश्नर ट्रम्पकी छोरी इभान्काको श्रीमान हुन्।

अमेरिकामा राष्ट्रपति बन्न २७० इलेक्टोरल मत आवश्यक हुन्छ। बाइडेनले २७० भन्दा बढी इलेक्टोरल मत पाएको बताइएको छ। ट्रम्पले भने बाइडेनले धाँधली गरेको आरोप लगाउँदै आएका छन्।

 


प्रतिक्रिया दिनुहोस्