‘पठान’ मा दीपिकाको पारिश्रमिक १५ करोड

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : ४०


काठमाडौं । बलिउड फिल्म ‘पठान’ निर्माण अगाडी नै चर्चामा आएको छ ।

त्यसको एक मात्र कारण सन् २०१८ पछि यस फिल्मबाट बलिउडका ‘बादशाह’ शाहरुख खान कमब्यक गदैछन् । साथमा दीपिका पादुकोण र जोन अब्राहम पनि देखिने भएका छन् । यस फिल्ममलाई सिद्धार्थ आनन्दले निर्देशन गर्दैछन् ।

यस फिल्ममा जोन अब्राहमपछि दीपिका पादुकोेणको पारिश्रमिकको बारेमा एक खुलासा भएको छ । दीपिका पादुकोण बलिउडको एक टक अभिनेत्री हुन् ।

भारतीय मिडियाले बताए अनुसार उनले अभिनय गर्ने फिल्मको पारिश्रमिक अनय कलाकारको भन्दा धेरै हुने गरेको छ । एक उत्कृष्ट अभिनयको कारण उनको फ्यान फलोअर्स पनि धेरै छ ।

उनले आफ्नो सफलताको लागि हरेक फिल्मबाट मोटो पारिश्रमिक लिने गरेकी छन् । भारतीय मिडियाले जनाए अनुसार दीपिकाले फिल्म ‘पठानको लागि १४ देखि १५ करोड पारिश्रमिक लिएकी छन् । यस फिल्मको सुटिङ आगामी वर्षमा हुँदै छ ।


प्रतिक्रिया दिनुहोस्