अमेरिकाको इतिहासमा पहिलो उपराष्ट्रपति बनिन् कमला

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ५ : ३७


काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचन २०२० को नतिजा डमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका छन्।

यस्तै उपराष्ट्रपति पदमा पनि डेमोक्रेटिक उम्मेद्वार कमला ह्यारिस निर्वाचित भएकी छन्।

यो सँगै कमला ह्यारिस अमेरिकाको इतिहासमा पहिलो महिला उपराष्ट्रपति हुने भएकी छिन्। उपराष्ट्रपतिमा निर्वाचित कमलाले फोन मार्फत बाइडेनसँग खुशी साटेको भिडियो सामाजिक सञ्जालमा सेयर गरेकी छन्।


बाइडेनले आफ्ना रिपब्लिकन दलका प्रतिद्वन्दी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै बिजयी प्राप्त गरेका हुन् ।

अत्यन्तै प्रतिस्प्रद्धा रहेको यस पटकको निर्वाचनमा बाइडेनले अन्तिम समयमा पेनसेल्भेनिया लगायत महत्वपूर्ण राज्यहरु मध्येमा बाजी मारे पछि उनको विजय सम्भव भएको हो ।

४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न र लामो समय सम्म सिनेटर भएर काम गरेका बाइडेन अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाको कार्यकालमा उपराष्ट्रपति पनि थिए।

क्यालिफोर्नियाकी सिनेटर कमला ह्यारिसलाई उप राष्ट्रपतिको उम्मेदवारमा नियुक्ति गरे पछि बाइडेनलाई थप सहयोग र समर्थन हुँदा उनको ऐतिहासिक बिजयी हासिल भएको हो।

अमेरिकामा राष्ट्रपति हुन २७० इलेक्टोरल मत आवश्यक पर्छ। तर, बाइडेनले२७३ मत प्राप्त गरेका छन्। भने ट्रम्पले २१४ मात्र।

४० बर्ष देखि राजनैतिक पेशामा संलग्न जो बाइडेनलाई अमेरिकी जनताले पत्याई उनलाई बिजयी गराएका छन ।

निर्वाचन अघि गरिएका सबै मत सर्वेक्षणहरुमा बाइडेन नै अगाडी भएको र उनले जित्ने भनि गरिएको भबिष्यवाणी यसपटक सत्यमा परिणत भएको छ । अमेरिकी मतदाताहरुले संचारमाध्यमहरुले गरेका सर्वेक्षणहरु प्रति मतदाताहरुले बिश्वास गरेका छन् ।

ट्रम्प एक पटकको लागि मात्र अमेरिकी राष्ट्रपति हुने अमेरिकी ईतिहास मै चौथो राष्ट्रपति भएका छन ।

जो बाइडेनको पुरा नाम जोसेफ रोबिनेट बाइडेन जुनियर जो । उनको जन्म २० नोभेम्बर १९४२ मा भएको हो भने उनि एक सफल अमेरिकी राजनीतिज्ञ हुन् । सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्त राज्य अमेरिकाको ४७औँ उपराष्ट्रपतिको रूपमा सेवा गरेका थिए।

उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्