अमेरिकी राष्ट्रपतीय चुनाव जो बाइडेनले जिते

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ४ : ४२


काठमाडौं । अमेरिकाको राष्ट्रपतीय निर्वाचन २०२० डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनले जितेका छन्।

न्यूज एजेन्सी सिएनएनका अनुसार पेन्सिलभेनिया राज्यमा बाइडेनले जित हासिल गरेसँगै अब उनी अमेरिकाको राष्ट्रपति हुने निश्चित भएको छ। अमेरिकामा राष्ट्रपति बन्न कुल ५३८ इलेक्टोरल भोट मध्ये २७० आवश्यक पर्छ ।

सिएननका अनुसार बाइडेनले २७३ भोट प्राप्त गर्ने भएका छन् । भने अर्का उम्मेद्वार डोनाल्ड ट्रम्पले २१४ मात्र इलेक्टोरल भोट प्राप्त गर्ने छन्।

जो बाइडेनले राष्ट्रपतीय निर्वाचन जिते पनि ट्रम्प पक्षले अझै हार स्वीकार गरेको छैन।

यो नतिजाले ट्रम्पलाई सन् १९९० यता पहिलो एक कार्यकालमात्रै शासन गर्ने अमेरिकी राष्ट्रपति बनाएको छ।

सिएनएनको प्रक्षेपण मतगणना सम्पन्न भएको पेन्सिल्भेनियाको अनौपचारिक नतिजाका साथसाथै विस्कन्सिनजस्ता राज्यमा उनले जित्ने सम्भावनामा आधारित छ।

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।

ट्रम्पको लगभग सात करोड छ जुन इतिहासमै राष्ट्रपतीय उम्मेदवारले पाएको दोस्रो ठूलो मतसङ्ख्या हो।


प्रतिक्रिया दिनुहोस्