घोडाबाट लडेर घाइते भएको मुख्यमन्त्रीलाई हेलिकोप्टरबाट सुर्खेत लगियो

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  १ : ४१


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएपछि थप उपचारका लाीग साढे ५ः०० बजे सुर्खेत लगिएको छ ।

कर्णाली प्रदेश सरकारले शुरु गरेको जनतासँग मुख्यमन्त्री भन्ने टेलिभिजन कार्यक्रमको छायांकनका लागि सिमकोट गाउँपालिका वडा नं ३ को लिमाटाङ जाने क्रममा मुख्यमन्त्री शाही लडेर सामान्य घाइते भएपछि हेलिकोप्टरबाट सुर्खेत लगिएको हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए।

सिमकोटबाट गाडीमा जानुभएका मुख्यमन्त्री शाहीलाई आधाबाटोबाट घोडा चढाइएको थियो।

उनले चढेको घोडा तर्सिदा लडेर घाइते हुनुभएको घटनास्थलमा भएका नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष अर्जुन बोहराले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्