ट्रम्पका मुख्य सहयोगी मेडोजलाइ पनि कोरोना सङ्क्रमण

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ८ : ४५


वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन।

कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको जनाएका छन् ।

उनीसहित अरु पनि धेरै उच्च सरकारी अधिकारीहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको शुक्रबार पुष्टि गरिएको छ। अमेरिकामा कोरोनाभाइरसका कारण दुई लाख ३६ हजारभन्दा बढीको मृत्यु भइसकेको सरकारी तथ्याङ्क छ ।

कोरोनाभाइरसका कारण मृत्यु भएका र सङ्क्रमित भएकाहरुको संख्या अमेरिकामा सवैभन्दा धेरै रहेको छ।

राष्ट्रपति पदका लागि अहिले उम्मेदवार समेत रहनु भएका ट्रम्पका मुख्य सहयोगी नै सङ्क्रमित भएपनि पूर्ण विवरण भने दिइएको छैन ।

मुख्य सहयोगी मेडोज मतदानको दिन ट्रम्पसँगै विभिन्न ठाउँमा जाने गरेका थिए। त्यति बेला उनले मास्क समेत प्रयोग गरेका थिएनन। त्यसैले उनबाट धेरै जना प्रभावित भएको हुनसक्ने अनुमान गरिएको छ।

उनी मतगणना स्थलहरुमा पनि मास्क विना जाने गर्ने भएकोले उनले धेरैलाई सारेको हुन सक्ने अधिकारी तथा चिकित्सकहरुले बताएका छन्।

यसअघि राष्ट्रपति ट्रम्प सङ्क्रमित हुँदा पनि उनलाई सवैभन्दा बढी सहयोग गर्नेमा मेडोज नै रहेका थिए। ट्रम्पले कोरोनाभाइरसलाई सामान्यीकरण गर्दै आएका छन।

अमेरिकामा पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित हुने गरेका छन्।

अहिलेसम्म ९७ लाखभन्दा बढी भन्दा बढी सङ्क्रमित भएका छन्।


प्रतिक्रिया दिनुहोस्