इटालीका प्रशिक्षक रोबर्तो माचिनीमा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ३ : ५०


काठमाडौं । इटालीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोबर्तो माचिनी कोरोना भाइरसबाट सक्रमित भएका छन् ।

५५ वर्षका रोबर्तोमा कुनै लक्षण नदेखिएको र उनी रोम स्थित घरमा आराम गरिरहेको इटालियन फुटबल फेडेरेशनले जनाएको छ ।

माचिनीले सन् २००९–२०१३ सम्म म्यानचेस्टर सिटीको प्रशिक्षक रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्