अमेरिकी राष्ट्रपति चुनावः ब्याटलग्राउण्ड राज्यमै बाइडेनको अग्रता कायम

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  २ : ५८


काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडेनले अग्रता कायम राखिरहेका बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘धाँधली’ तथा ‘छल’ गरेर आफूबाट नतिजा खोसिएको आरोप लगाएका छन् । धेरै इलेक्ट्रोल भएको राज्यहरुमै बाइडेन अगाडि देखिएका छन् ।

अहिले नर्थ क्यारोलाइना र अलास्का बाहेकका चार ‘ब्याटलग्राउड’ राज्यहरुमा बाइडेनले आफ्नो अग्रता कायम राखेका वा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् । बाइडेनले २० तथा १६ लेक्टोरल कलेज मत रहेको पेन्सिलभेनिया र जर्जिया राज्यमा ट्रम्पलाई पछि पारेर अग्रता लिएका छन् ।

यस्तै उनले नेभाडा र एरिजोनामा आग्रता कामय राखेका छन् । एरिजोनामा उनको अग्रता केही कम भएको छ । नेभाडामा ६ र एरिजोनामा ११ इलेक्टोरल कलेज मत छ ।

अमेरिकामा नोभम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेन्टेटिभ तथा राज्यका संसद एवम् स्थानीय तहका लागि मतदान भएको थियो ।

अधिकांश अरु पदको नतिजा आए पनि राष्ट्रपति चुनावको नतिजा केही ‘ब्याटलग्राउण्ड’ राज्यहरुमा गएर अड्किएको छ । आफू पछि पर्दै गएपछि ‘धाँधली’ आरोप लगाए केही राज्यमा मतगणना रोकिनु पर्ने माग गरेका ट्रम्पले अदालतको ढोका ढकढक्याएका छन् ।

अधिकांश मुद्दा अदालतले प्रमाणको अभावमा खारेज गरेको छ । तर ट्रम्पको चुनावी अभियानले पेन्सिलभेनिया राज्यको मतगणना रोक्न माग गरि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्