ग्रेटाले ट्रम्पलाई उनकै शैलीमा ट्रोल गरिन्

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ३२


काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आइरहेका बेला आफ्नो पक्षमा परिणाम नपर्ने भएपछि राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले मतगणना रोक्न माग गर्दै आएका छन्।

राष्ट्रपति ट्रम्पले मतगणनामा धाँधली भएको आरोप लगाउँदै त्यस विरुद्ध सर्वोच्च अदालत जाने चेतावनी समेत दिइसकेका छन्।

ट्रम्पको उक्त चेतावनीलाई धेरैले हास्यास्पद भनेका छन्। यसैबीच, विश्व चर्चित स्विडेनकी वातावरण अभियन्ता १७ वर्षकी ग्रेटा थनबर्गले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्रोल गरेकी छिन्।

थनबर्गले ट्रम्पकै शैलीमा ट्रम्पलाई शान्त रहन भन्दै व्यंग्य गरेकी हुन्।

ग्रेटाले ट्वीटमा ट्रम्पको मतगणना रोक्नुपर्छ भन्ने ट्वीटलाई रिट्वीट गर्दै भनेकी छिन्,‘धेरै हास्यास्पद, डोनाल्ड ट्रम्पले आफ्नो रिस व्यवस्थापन गर्न सिक्नुपर्छ। त्यसपछि आफ्ना साथीसँग पुरानो चलचित्र हेर्न जानुपर्छ। ट्रम्प शान्त हुनपर्छ।’

यसअघि सन् २०१९ मा ट्रम्पले ग्रेटा निकै रिसालु स्वभावको भएको भन्दै शान्त रहन भन्दै ट्विट गरेका थिए। ग्रेटाले ट्रम्पकै शैलीको ट्विट गर्दै उनलाई ट्रोल गरेकी हुन।


प्रतिक्रिया दिनुहोस्