स्रोत नखुलेको ४० लाख रुपैंया सहित १ जना पक्राउ

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  १० : ४२


काठमाडौं । स्रोत नखुलेको रकम सहित एक व्यक्ति पक्राउ परेका छन्।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले काठमाडौंको नागढुङ्गास्थित चेकप्वाईन्टबाट स्रोत नखुलेको रकम बोकी हिड्ने ती पुरुषलाई पक्राउ गरेको छ।

बुटवलबाट काठमाण्डौ आउदै गरेको लु १ ख ८६५२ नं.को बसमा आएका पश्चिम नवलपरासी पाल्हीनन्दन गा.पा. वडा नं.२ घर भएका ४० बर्षीय व्यास गुप्तालाई प्रहरीले पक्राउ गरेको हो।

उनले बोकेका कालो झोलामा र कम्मर पेटीमा लुकाई छिपाई ल्याएको नगद चालिस लाख फेला पारेकोले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ।

उनले उक्त रकमको स्रोत खुलाउन नसकेकोले पक्राउ गरी ल्याएको प्रहरीको भनाई छ।

यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्