डोनल्ड ट्रम्प हारेकोमा यकारण खुशी छु : रविन्द्र मिश्र

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ०९


काठमाण्डौ । डोनल्ड ट्रम्पलाई हराउदै जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भए पछी साझा पार्टीका नेता रविन्द्र मिश्रले आफु खुशी भएको बताएका छन ।

ट्रम्प प्रती कडा शब्द प्रयोग गर्दै सामाजिक संजालमा उनले ब्यक्त गरेको धारणा यस्तो छ । “अत्यन्तै बिभाजनकारी, जातीवादी, उग्रवादी, झूठ, मिडिया स्वतन्त्रता विरोधी, विज्ञान विरोधी डोनल्ड ट्रम्प हारेकोमा खुशी छु। कसैले चाहे नि, नचाहे नि अमेरिकी राजनीतिले विश्व राजनीति र हामी हरेकको जीवनलाई प्रत्यक्ष/अप्रत्यक्षरुपमा छोएको हुन्छ। ट्रम्प खतरनाक थिए। गए। राम्रो भयो।”


प्रतिक्रिया दिनुहोस्