अभिनेता अनुपम खेरले सेयर गरे अमेरिकामा नेपालीलाई भेटेको भिडियो

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १२ : १५


काठमाडौं । हाल अमेरिकामा रहेका भारतीय अभिनेता अनुपम खेरले एक नेपालीको भेटको भिडियोलाई सामाजिक सञ्जालमा सेयर गरेका छन्।

अमेरिकाको न्यूयोर्कमा भेटेका नेपाली युवक चालकबारे अभिनतो खेरले ट्विट गर्दै छोटो भिडिओ सेयर गरेका हुन।

ट्विटमा अभिनेता खेरले पुष्कर पन्त नाम गरेका युवकसँग भेट गरेको उल्लेख गरेका छन्।

भिडियोमा नेपाली ती युवकले आफ्ना बुबाले पनि भारतीय सेनामा सेवा गरेको बताएका छन्।

अभिनेता अनुपमले ‘इन्काउन्टर्स-इन-न्यूयोर्क’ ह्यासट्याग सहितको ट्विट गरेका हुन्।

ट्विटमा अभिनेता खेरले आफ्नो बुबाको नाम पनि पुस्कर भएको र कारका चालकको नाम पनि पुस्कर भएको थाहा पाएर अचम्मित र खुसी भएको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्