आरबी लेइप्जिगसँग पिएसजी पराजित

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  ३ : ३६


काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) आरबी लेइप्जिगलेसँग पराजित भएको छ ।

समूह एच अन्तर्गत भएको खेलमा ९ खेलाडीमा सीमित भएको पिएसजीलाई आरबी लेइप्जिगले २–१ ले पराजित गरेको हो ।

सुरुको छैटौँ मिनेटमा नै एन्जल डी मारियाले गोल गरि पिएसजीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

तर सो अग्रता कायम हुन सकेन । ४१ औँ मिनेटमा एनकुन्कुले आरबीका लागि बराबरी गोल गरे । ५७ औँ मिनेटमा पाएको पेनाल्टीमा फोर्स्बर्गले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्