ट्रम्पले अदालत जाने चेतावनी दिएपछि उनका प्रतिद्वन्दी बाइडेनले यस्तो भने

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  २ : ३७


काठमाडाैं । अमेरिकी राष्ट्रपति निर्वाचनमा जारी मत गणनामा पछि पर्दै गएपछि धाँधलीको आरोप लगाएका डोनाल्ड ट्रम्पले अदालत जाने चेतावनी दिइरहेका बेला उनका प्रतिद्वन्दी जो बाइडेनले सत्ता कसैले कब्जा गर्ने कुरा नभई नागरिकले सुम्पने चिज भएको बताएका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले ट्रम्पको नाम नलिईकन उनीविरुद्ध चेतावनीयुक्त भाषण गरेका हुन् । त्यस क्रममा बाइडेनले राष्ट्रिय एकताको कुरा पनि गरे ।

आगामी ४ वर्षका लागि अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन वर्तमान राष्ट्रपति ट्रम्प र पूर्वउपराष्ट्रपति बाइडेन प्रतिस्पर्धामा छन् । मंगलबार सम्पन्न मतदानको नतिजा आउने क्रम जारी छ।


प्रतिक्रिया दिनुहोस्