भारतीय पत्रकार अर्नब गोस्वामीलाई १४ दिनको लागि हिरासत पठाइयो

प्रकाशित मिति : २० कार्तिक २०७७, बिहिबार  १ : ५३


काठमाडौं । भारतीय टेलिभिजन रिपब्लिकका प्रधान सम्पादक अर्नबलाई सन् २०१८ मा भएको आत्महत्या घटनामा दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको थियो ।

त्यही अभियोगमा उनलाई बुधबार अबेर राति १४ दिनको लागि हिरासत पठाइएको बीबीसीलले जनाएको छ ।

पत्रकार अर्नबका वकिल अबाद पोन्डाले धरौटीमा उनको रिहाइका लागि अदालतमा निवेदन दिएका छन् ।

जसको सुनुवाइ बिहीबार हुने अनुमान गरिएको छ। सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकले आत्महत्या गरेका थिए ।

रिपब्लिक टेलिभिजनले दिनुपर्ने पैसा नदिएका कारण आफ्ना बुबा र हजुरआमाले आत्महत्या गरेको भन्दै डिजाइनरकी छोरीले आरोप लगाएकी छन्।


प्रतिक्रिया दिनुहोस्