पूर्वसभामुख महराद्वारा माला लगाएर पत्नीको अन्तिम विदाइ

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १० : ०६


काठमाडौं । उपचारको क्रममा निधन भएकी पूर्व सभामुख कृष्णबहादुर महरा पत्नी सिता महराको अन्त्येष्टि गरिएको छ।

पशुपति स्थित विद्युतीय शवदाह गृहमा बुधबार दिउसो उनको अन्त्येष्टि गरिएको हो।

पूर्वसभामुख तथा प्रतिनिधि सभाका सदस्य कृष्णबहादुर महरा पत्नी सीताको बुधबार बिहान ६:२५ बजे नर्भिक हस्पिटलमा असामयिक निधनको भएको थियो।

उनि माइस्थेनिया नामक रोगबाट विगत लामो समयदेखि पीडित थिइन। उपचारकै क्रममा रहँदा उनमा कोरोना संक्रमण पनि पुष्टि भएको थियो। सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो।

उनको काजकिरिया भने दाङमा गर्ने तयारी छ।

पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा स्व.सीता महराको पार्थिव शरीरमाथि अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै पूर्वसभामुख कृष्णबहादुर महरा, छोराहरू निर्मल, राहुल तथा आफन्तजन


प्रतिक्रिया दिनुहोस्