नेपाल आइपुगे भारतीय सेना प्रमुख नरवणे

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ५५


काठमाडौं । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्।

भारतीय सेनाको विशेष विमानबाट उनी त्रिभुवन विमास्थल आइपुगेका हुन् । उनी नेपाल आएको तस्वीर खिच्न विमानस्थल पुगेका पत्रकारलाई भने रोक लागाइएको छ ।

उक्त रूटमा हिँड्ने सवारीमा पनि सुरक्षा जाँच कडाइ गरिएको छ।

नरवणे कालापानी(लिपुलेक सीमाबारे बोलेका कारण आलोचित छन्। त्यही भएर विरोध हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।

उनीमाथि कालोझण्डा देखाउने तयारी गरेको भन्दै केहीलाई पक्राउ समेत गरिएको सुरक्षा स्रोतको दाबी छ ।

उनले नेपाल भ्रमणका क्रममा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरूसँग अन्तर्क्रिया गर्ने कार्यक्रम छ । उनी कात्तिक २१ गतेसम्म नेपाल रहनेछन्।

 


प्रतिक्रिया दिनुहोस्