भारतीय सेना प्रमुखलाई कालो झण्डा देखाउन लागेको आरोपमा काठमाडौंबाट पुन्य गौतम पक्राउ

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : ३७


नेपाल भ्रमणमा आउन लागेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कोलो झण्डा देखाउँन लागेको आरोपमा एक युवालाई प्रहरीले बौद्धबाट पक्राउ गरेको छ।

नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने अभिव्यक्ति दिएको भन्दै प्रहरीले पुण्य गौतमलाई पक्राउ गरेको हो।

गौतमले आफ्नो युट्युब च्यानलमा भिडियो बयान दिँदै ‘नरवणेलाई कालो झण्डाले स्वागत गर्ने’ बताएका छन्।

भारतीय स्थल सेनाध्यक्ष नरवणे तीनदिने नेपाल भ्रमणको लागि आज काठमाडौं आउँदै छन्। उनको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्