बलिउड अभिनेता विजय राज पक्राउ

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ५ : १६


काठमाडौं । बलिउड अभिनेता विजय राज पक्राउ परेका छन् । उनललाई महाराष्ट्रको प्रहरीले मंगलबार विहान पक्राउ गरेको हो ।

उनले एक महिला सहकलाकारलाई छेडछाड गरेको आरोप लागेको छ । आइपिसी धारा ३५४ अनुसार उनलाई पक्राउ गरिएको जनाइएको छ ।

विजय फिल्म शेरनीको सुटिङका लागि त्यहाँ गएका थिए । अहिले उनलाई अदालतले जमानत त दिएको छ ।

विजय राजले गली ब्वाय, वेलकम, डेल्ही बेलीलगायतका फिल्ममा अभिनय गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्