भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ४ : ५५


काठमाडौं । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् ।

उनलाई मुम्बई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी रिपब्लिक टीभीका प्रधान सम्पादक पनि हुन् ।

उक्त टेलिभिजनले पनि अर्नव पक्राउ परेको पुष्टि गरेको छ । आत्महत्या सम्बन्धी पुरानो मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको जनाइएको छ ।

प्रहरीका अनुसार सन् २०१२ मा रिपब्लिक टीभीले बक्यौता नदिएको आरोपमा एक वास्तुकार र उनकी आमाले आत्महत्या गरेका थिए ।

आज बिहान अर्नवको निवासमा पुगेका प्रहरीले उनलाई पक्राउ गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्