यी हुन् नेपाली बजारमा उपलब्ध एबीएस फिचर भएका ‘सस्ता’ मोटरसाइकल

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  २ : २२


चार पाङ्ग्रे सवारीमा ‘सफल’ मानिएको एन्टीलक ब्रेकिङ सिस्टम (एबीएस) पछिल्लो समय दुई पाङ्ग्रे सवारीमा पनि बढ्दो प्रयोगमा छ । नेपाली बजारमा पनि एबीएस फिचर भएका मोटरसाइकल बिक्री क्रम बढ्दो क्रममा छ ।

नेपाली बजारमा १५० सीसी सेग्मेन्टमा विभिन्न चार कम्पनीले आफ्ना मोटरसाइकलहरु बिक्री गर्दै आएका छन् ।

भारतमा लागू भएको बीएस–६ मापदण्डका कारण पनि १२५ सीसीभन्दा बढी क्षमता भएका मोटरसाइकल तथा स्कुटरमा एबीएस अनिवार्य रहेको छ । यससँगै नेपालमा समेत एबीएस सुविधा भएको मोटरसाइकल भित्रन थालेका छन् ।

पछिल्लो समय नेपालमा भित्रिएका १५० सीसी सेग्मेन्टका धेरै मोटरसाइकलमा एबीएस फिचर उपलब्ध छ ।

अहिले यामाहा एफजेड भी थ्री, सुजुकी जिक्सर १५०, बजाज पल्सर एनएस १६०, टीभीएस आरटीआर १६० फोर भी जस्ता मोटरसाइकलमा एबीएस फिचर छ ।

यामाहा एफजेड भी थ्रीमा १४९ सीसी, पल्सर एनएसमा १६० सीसी, जिक्सरमा १५५ सीसी र आरटीआरमा १६० सीसी क्षमताको इन्जिन दिइएको छ । यी चार मध्ये आरटीआर १६० फोर भीले सबैभन्दा बढी पावर प्रदान गर्छ ।

आरटीआर १६० फोर भीले ले १६ बीएच पावर ८००० आरपीएममा, एनएसले ८५०० आरपीएममा १५.१ बीएच, जिक्सरले १३.९ बीएच र एफजेड भी थ्रीले १३ बीएच पावर प्रदान गर्ने कम्पनीहरुको दाबी छ ।

एफजेड भी थ्री र जिक्सरमा फ्यूल इन्जेक्टेड (एफआई) प्रविधिको इन्जिन दिइएको छ भने एनएस १६० र आरटीआर १६० फोरभीमा काब्रुरेटर इन्जिन रहेको छ ।

पल्सर एनएस १६० र जिक्सरमा वेट मल्टीप्लेट क्लच दिइएको छ भने एफजेड भी थ्रीमा वेट मल्टी डिस्क ब्रेक दिइएको छ । यी तीन वटै मोटरसाइकलमा ५ स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

यी सबै मोटरसाइकलमा अगाडि टेलिस्कोपिक फर्क दिइएको छ भने पछाडि एफजेड भी थ्री र जिक्सरमा स्वीङआर्म र एनएस र आरटीआरमा मोनोशक सस्पेन्सन दिइएको छ ।

एफजेड भी थ्री, आरटीआर १६० फोर भी र जिक्सरमा एलइडी हेडलाइट र एनएस १६० मा बल्ब टाइप एमएफआर हेडलाइट दिइएको छ ।

यी मध्य तीनवटा मोटरसाइकलमा डिजिटल कन्सोल रहेको छ भने, एनएसमा सेमी डिजिटल कन्सोल रहेको छ ।

यी सबै मोटरसाइकलमा सबैभन्दा कम मूल्यमा पल्सर एनएस १६० किन्न सकिने छ । एचएच बजाजले विक्री गर्दै आएको यो मोटरसाइकलको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।

त्यसैगरी यामाहाको आधिकारीक वितरक एमएडब्ल्यू इन्टरप्राइजेज्ले एफजेड भी थ्रीको मूल्य ३ लाख २३ हजार ९०० र सुजुकीको आधिकारीक वितरक भिजी सुजुकीले जिक्सर १५० को मूल्य ३ लाख २५ हजार रुपैयाँ तोकेको छ भने आरटीआर १६० फोर भी एबीएस भर्सनको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ तोकिएको छ ।


प्रतिक्रिया दिनुहोस्