आमिर खानकी छोरी इरा भन्छिनः चिनजानकै मान्छेबाट १४ वर्षको उमेरमा यौन शोषणमा परेको थिएँ

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ४ : ४८


काठमाडौं । बलिउड अभिनेता आमिर खानको छोरी इरा खानले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै एक खुलासा गरेकी छन् ।

इराले बताए अनुसार १४ वर्षमा उमेरमा उनलाई चिनजानकै मान्छेले यौन शेषण गरेका थियो ।

इराले अक्टोबर १० मा ‘वल्ड मेन्टल हेल्थ डे’ को अवसरमा डिप्रेशनको बारेमा पनि खुलासा गरेकी थिइन् ।

मानिसहरुले उनीसँग डिप्रेशनको कारण सोधिरहेका थिए ।

भिडियोमा इराले बताए अनुसार परिवार एक अर्कासँग छुटिनुको कारण डिप्रेशनको सिकार भएको हुनै सक्दैन ।

किन भने परिवार आपसी सम्झदारीमा नै छुट्टिएका थिए । उनलाई ६ वर्षको उमेरमा टिबी भएको थियो ।

त्यो सामान्यि प्रकारको टिबी थियो यसको कारण पनि उनी डिप्रेशनमा पर्ने सम्झवना नै छैन ।


प्रतिक्रिया दिनुहोस्