अमेरिकाको राष्ट्रपति चुनाब अघि नै झण्डै १० करोडले मतदान गरे

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ३ : ०९


काठमाडौं । अमेरिकामा अग्रिम मतदान गर्नेको संख्या झण्डै १० करोड रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

द न्यूयोर्क टाइम्सका अनुसार चुनावको एक दिन अघि (सोमबार) सम्म ९ करोड ७९ लाख भन्दा बढीले मतदान गरेका छन् ।

अमेरिकामा मंगलबार अर्थात नोभेम्बर ३ मा राष्ट्रपतिसहित सिनेट, हाउस अफ रिप्रिजेनटेटिभ, राज्यका सांसन तथा गभर्नरसहितका लागि मतदान हुँदैछ ।

अहिलेसम्म ९ करोड ७९ लाख भन्दा बढि अमेरिकीले अग्रिम मतदान केन्द्रमा गएर वा हुलाक मार्फत मतदान गरिसकेका छन् ।

यो चार वर्ष पहिलेको चुनावमा खसेको खुल मतको ७१ प्रतिशत भन्दा बढि हो ।


प्रतिक्रिया दिनुहोस्