सामसङले ल्यायो हराएका स्मार्टफोन फेला पार्ने एप, यसरी गर्नुहोस् डाउनलोड

प्रकाशित मिति : मंसिर २०, २०७७ शनिबार


तपाईं सामसङ कम्पनीका फोन (स्मार्टफोन) प्रयाग गर्नुहुन्छ र कतै हराइहाल्यो भने कसरी भेटाउने भन्ने चिन्तामा हुनुहुन्छ भने सायद एउटा एपले तपाईंको चिन्ता दुर गर्न मद्दत गर्न सक्छ ।

सामसङले हराएका ग्याजेट भेट्न सहज बनाउने गरी स्मार्टथिङ्स फाइन्ड नामक एप सार्वजनिक गरेको छ । जसले हराएका सामसङ ग्यालेक्सी स्मार्टफोन, स्मार्ट वाच, ट्याब्लेट र एयरबड्स खोज्न सहज हुने गरी उक्त एप ल्याएको हो ।

यो यपको खास विशेषता भनेको यसले बिना इन्टरनेट र मोबाइल नेटवर्क हराएका सामसङ ग्यालेक्सी डिभाइस खोज्न सहयोग गर्दछ ।

कम्पनीले उक्त एपको विवरण सार्वजनिक गर्दै भनेको छ, स्मार्टथिङ्स फाइन्ड एपले ब्लुटुथ लो इनजी (बीएलई) तथा अल्ट्रा वाइड ब्याण्ड प्रविधिको प्रयोग गरेर हराएका ग्यालेक्सी डिभाइस खोज्ने गर्छ ।

हराएको डिभाइसलाई लोकेट गरेपछि यो एपले प्रयोकर्तालाई म्याप र साउण्डको सहायताबाट लोकेट गरिएको डिभाइससम्म पुर्‍याउने गर्छ ।

यो एपले एन्ड्रोइड एट तथा त्यसपछिका अपरेटिङ सिस्टममा आधारित भएका स्मार्टफोन तथा ट्याब्लेटमा काम गर्ने सामसङले जनाएको छ । यो एप टिजेन ५.५ वा त्यस पछिका ग्यालेक्सी वाचका लागि समेत उपयोगी रहेको छ ।

ग्यालेक्सी बड्स प्लस तथा ग्यालेक्सी बड्स लाइभलाई यो फिचरका लागि ओएस अपडेट प्राप्त हुन थालिसकेको छ । सामसङका अनुसार डिभाइस ३० मिनेटसम्म अफलाइन भइसकेपछि त्यसबाट बीएलई सिग्नल निस्कन थाल्दछ ।

जसलाई अर्को डिभाइसले रिसिभ गर्न सक्छ । त्यसपछि स्मार्ट थिंङ्स एपले ती सिग्नल प्रयोग गर्दै हराएको डिभाइस खोज्न थाल्दछ ।

यो सर्भिस प्रयोग गर्ने जो कसैले नजिकै रहेको ग्यालेक्सी डिभाइसको सामसङ सर्भरलाई लोकेसनको जानकारी दिने गर्दछ । त्यसपछि सामसङले त्यसलाई प्रयोगकर्तासम्म पुर्‍याउँछ ।

डिभाइस नजिक पुगेपछि तपाईंले चाहेको खण्डमा त्यसमा रिङ बजाउन समेत सकिन्छ । साथै त्यसलाई एआरमा आधारित सर्चको माध्यमबाट समेत खोज्न सकिन्छ ।

यसमा प्रयोगकर्ताको डेटा इन्क्रिप्सन गरिने भएका कारण प्रयोग गर्न पूर्णत सुरक्षित समेत रहेको कम्पनीको दाबी छ ।

एन्ड्रोइड फोन प्रयोगकर्ताले यहाँ र आईओएस प्रयोगकर्ताले यहाँ क्लिक गरेर यो एप डाउनलोड गर्नसक्नुहुन्छ ।


प्रतिक्रिया दिनुहोस्