माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : ३२


कृष्णपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मा आज बिहान माटोको ढिस्कोमा पुरिएर तीन किशोरी घाइते भएका छन् ।

घर पोत्ने माटो लिन स्थानीय किचाँही जङ्गलमा गएका किशोरी माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर घाइते भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए ।

घाइते हुनेमा कृष्णपुर–४ बालुवाटारकी १६ वर्षीया कृपा सिंह, १७ वर्षीया कमला धामी र कैलालीको गोदावरी नगरपालिका–११ की मीना ठगुन्ना रहेको प्रहरीले जनाएको छ ।

‘गोदावरीकी ठगुन्ना आफन्तको घरमा आएका बेला माटो लिन गएका बेला घाइते भएकी हुन्,’ प्रवक्ता थापाले भने, ‘घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।’


प्रतिक्रिया दिनुहोस्