सेनाको रथीमा बढुवा भएका ईश्वर हमाललाई दर्ज्यानी चिह्न प्रदान

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १२ : ०७


काठमाडौं । नेपाली सेनाको उपरथीबाट रथीमा बढुवा भएका ईश्वर हमालले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । गत असार ६ गतेको मन्त्रिपरिषद बैठकले हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

सोमबार (कात्तिक १७) गते जंगी अड्डामा आयोजित कार्यक्रमका बीच हमाललाई रथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

रथी हमाल हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ युएनडीओएफ मिशनमा फोर्स कमाण्डरको जिम्मेवारीमा छन् ।


प्रतिक्रिया दिनुहोस्