नेकपा विवाद– पूर्वएमाले एक ठाउँमा उभिने प्रयास, नेपाललाई फकाउँदै ओली

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ८ : ५०


काठमाडौं । केहीसमय अघि युद्धविराम भएको सत्तारुढ दल नेकपाको विवाद पुन चुलिएको छ ।

मन्त्रिपरिषद् विस्तार, राजदूत नियुक्ति, कर्णाली प्रदेश विवादका कारण सत्तारुढ दलमा विभाजनको खतरा देखिएको हो ।

पार्टीका शीर्ष नेताहरुका अनुसार नै पार्टी एकता जटिल मोडमा पुगेको हो ।

उपप्रधानमन्त्रीसमेत रहेका सचिवलाय सदस्य ईश्वर पोखरेलले नेकपामा विभाजनको खतरा बढेको जनाएका छन् ।

नले भनेका छन्,‘एकताकावेला गरिएको सहमतिविपरित पूर्व समूहभित्रको आवद्धताका आधारमा समीकरण बनाएर खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो,’ पोखरेलले भनेका छन्, ‘त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं। व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूको विरोध गर्दै पार्टी एकतालाई बचाऔं ।’
त्यस्तै पार्टी महासचिव विष्णु पौडेलले पनि पार्टी एकता गम्भीर मोडमा पुगेकोले आफ्नो ठाउँबाट यागदान गर्न आग्रह गरेका थिए ।

‘ यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु, उनले भनेका थिए ।

त्यस्तै पार्टीका प्रवक्तासमेत रहेका अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पार्टी फुट कदापी उचित हुननसक्ने बताएका छन् ।

श्रेष्ठले भनेका छन्, ‘हाम्रो पार्टी एकता महान क्रान्तिकारी उद्देश्यलाई केन्द्रमा राखेर र धेरै ठूलो मेहन, पसिना लगाएर हासिल गरिएको हो । यसको विफलता र पार्टी फुट कदापि उचित र सही हुन सक्दैन । फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एव। कम्युनिस्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकहरुको चाहना र जनादेशविरुद्ध हुन्छ ।’

नेता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा खुला छलफल गर्न पनि प्रस्ताव गरेका छन् ।

‘पार्टी भित्र देखिएको छलफल, बहस र मतभेद अन्ततः बिचार, सिद्धान्त, राजनीतिक कार्यदिशा र क्रान्तिकारी पार्टी निर्माण एवम् सञ्चालन सम्बन्धी अवधारणासँग सम्बन्धित रहेको हुन सक्ने भएपनि अहिले नै त्यसबारेमा औपचारिक छलफल नभएको स्पष्ट मतभेद देखापरिसकेको छैन । तसर्थ यतिबेला पार्टी एकताको रक्षाका निम्त सबैबाट एउटै कुरामा इमान्दार प्रतिबद्धता भए पुग्छ, पार्टीको विधि, पद्धति एवम् निर्णयको पालना र कार्यान्वयन,’ श्रेष्ठले भनेका छन्, ‘अहंकार, आवेश र आक्रोशले समाधान दिँदैन र कसैको हित गर्दैन ।’

त्यस्तै हिजो प्रचण्ड निवासमा भेला भएका वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता श्रेष्ठ, गृहमन्त्री रामबहादुर थापासँगको छलफलका क्रममा अध्यक्ष प्रचण्डले आफूसँग अर्का अध्यक्ष ओलीले सहमति गरेर पार्टी फुटाउ भनेको भन्दै ब्रिफिङ गरेका थिए ।

त्यसअघि ओली समूहका नेताहरुले नेकपाका नेता प्रदीप नेपालसँग भटगरि नेता नेपाललाई पूर्व एमालेहरु एक ठाउँमा भेला हुने वतावरण मिलाउन आग्रह गरेका थिए ।

उनीहरुले निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको नेतृत्व गर्नसमेत नेता नेपाललाई आग्रह गरेको समाचारहरु सार्वजनिक भएको भएपनि त्यसको स्वतन्त्र पुष्टि हुनभने सकेको छैन । नेता नेपालले उक्तकुरालाई अस्वीकार गरेका छन् ।

नेता नेपाललाई फकाउँदै

यसैबीच प्रदीप नेपाललाई भेटको ओली समूहका नेताहरु लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापालगायतले आज नेता नेपालसँग भेट गर्ने जनाइएको छ ।

पूर्व एमालेहरु एक ठाउँमा उभिनका लागि उनलाई प्रचण्डसमूह छोड्न आग्रह गर्ने तयारी गरिएको स्रोतको दाबी छ ।
नेता नेपालले अर्का नेता प्रदीप नेपालसँग पनि भेट गर्ने तयारी गरेका छन् ।

‘आज पनि आउँछु है भन्नुभएको छ। सायद आउनुहुन्छ होला, अरु त्यस्तो राजनीतिक होइन। सामान्य भेटघाट हो’ प्रदीप नेपालले भने ।

 


प्रतिक्रिया दिनुहोस्