पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : ४९


पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट आज थप एक जनाको ज्यान गएसँगै जिल्लामा संक्रमणबाट ज्यान जानेको संख्या २३ पुगेको छ ।

आज बिहान भरतपुर मेडिकल कलेजमा उपचार गराईरहेका देबचुली नगरपालिका वडा नं ११ का ७७ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय पूर्बी नवलपरासीका प्र्मुख केशब प्रसाद चापागाँईले बताए ।

गत कार्तिक १३ गते कोरोना पुष्टि भएका निजको आज बिहान उपचारका क्रममा ज्यान गएको भरतपुर मेडिकल कलेजले पुष्टि गरेको छ । शवको

हिन्दु संस्कार अनुसार नै परिबारको जिम्मा लगाईएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा आज सम्म एक हजार ७२३ संक्रमण भएका र ती मध्ये एक हजार दुई सय १५ संक्रमणमुक्त भएका र ४८५ संक्रमित रहेका जिल्ला स्वास्थय कार्यालयका प्रमुख चापागाँईले बताए ।


प्रतिक्रिया दिनुहोस्