हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ५ : ३४


काठमाडौं । आज सुनको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको भाउ बढेको छ । हिंजो चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेकोमा आज १ हजार २०५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्