फिलिपिन्समा शक्तिशाली आँधीका कारण कम्तीमा दश जनाको मृत्यु

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : ११


काठमाडौं । फिलिपिन्समा यस वर्षकै सबैभन्दा शक्तिशाली आँधी ‘गोनी’का कारण कम्तीमा दश जनाको मृत्यु भएको छ ।

आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाइएको छ भने कैयौं घाइते भएका र कतिपय हराईरहेको जनाइएको छ ।

आँधीका कारण कैयौं घरहरू ध्वस्त भएको सडकहरू अवरुद्ध बनेको बीबीसीले जनाएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान ४स्५० बजे गोनी आँधीले काटानडुनेस टापुमा भारी वर्षा गराएको हो ।

आँधी यस साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट बाहिरिने बताइएको छ ।

अधिकारीहरूले गोनी आँधीसँगैको वर्षाका कारण थप क्षति पुग्ने जनाएका छन् ।

बीबीसीका अनुसार गोनी आँधीका कारण काटानडुनेस टापुको सहर भिराक सम्पर्कविहीन भएको छ ।

उक्त शहरमा ७० हजारले बसोबास गर्दै आएका छन् ।

२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण अत्याधिक वर्षा भएको छ ।


प्रतिक्रिया दिनुहोस्