गत अप्रिलमै बेलायती राजकुमार विलियम्स कोरोना संक्रमित भएको खुलासा

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : २१


काठमाडौं । बेलायती राजकुमार विलियम्स गएको अप्रिलमा कोरोना भाइरसबाट संक्रमित भएको खुलेको छ ।

बिबिसीका अनुसार द ड्यूक अफ क्याम्ब्रिज गएको अप्रिलमा कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

प्रिन्स अफ वेल्स अर्थात आफ्ना पिता कोरोना भाइरसबाट संक्रमित भएकै बेला प्रिन्स विलियम्स पनि संक्रमित भएको विश्वास गरिन्छ ।

प्रिन्स विलियम्स कोरोना भाइरसबाट संक्रमित भएको सम्बन्धी खबर सबैभन्दा पहिले प्रकाशित गरेको द सन पत्रिकाका अनुसार ३८ वर्षे राजकुमारले आफ्नो संक्रमणको खबर देशव्यापी रुपमा चिन्ता नबढोस् भनेर गोप्य राखेका हुन् ।


प्रतिक्रिया दिनुहोस्