रोनाल्डोको दुई गोलले युभेन्टसको शानदार जित

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  २ : ४४


काठमाडौं । कोरोना भाइरसको संक्रमण मुक्त भएर मैदान फर्किएका क्रिष्टियानो रोनाल्डोले दुई गोल गरेर युभेन्टसलाई जित दिलाएका छन् ।

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टसले स्पेजियालाई ४–१ ले पराजित गरेको हो ।

१४ औँ मिनेटमा अल्भारो मोराटाले र ३२ औँ मिनेटमा पोपेगाले स्पेजिययालाई बराबरी गोल गरेका थिए ।

अवे मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियालाई पराजित गर्ने क्रममा रोनाल्डोले ५९ र ७६ औँ मिनेटमा गोल गरेका हुन् ।

६७ औँ मिनेटमा राबिओटले गोल गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्