आर्सनलले म्यानचेस्टर युनाइटेडलाई घरेलु मैदानमै हरायो

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १ : १७


काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १४ वर्षमा पहिलोपटक उसकै मैदानमा पराजित गरेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टिम म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो ।

६९ औँ मिनेटमा पाएको पेनाल्टीमा पिएर–एमरिकले गोल गरे । सोही गोल नै आर्सनलको जितका लागि निर्णायक बन्यो ।


प्रतिक्रिया दिनुहोस्