तीन राजदूतबाट शपथ ग्रहण

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ४९


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिएका छन् ।

राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्का (जर्मनी)का लागिले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसमेतको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्