काठमाडौंमा थप १ हजार ६२२ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १० : ५४


काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जनाकारी अनुसार उपत्यकका तीन जिल्लामा थप जनामा १ हजार ६२२ कोरोना भाइरसको संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार ३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 


प्रतिक्रिया दिनुहोस्