नेकपाको एकतामा गम्भीर संकट उत्पन्न भयो : महासचिव पौडेल

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : २८


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वमा गम्भीर संकट उत्पन्न भएको बताएका छन्।

उनले आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न सबै नेता, कार्यकर्ता तथा सदस्यहरुसँग अनुरोध गरेका छन्।

सामाजिक सञ्जाल मार्फत उनले पार्टी एकताको रक्षाका लागि नेता कार्यकर्तासँग अनुरोध गरेका छन् ।

उनले लेखेका छन्,‘ यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ । आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्