कोरोनाका कारण पूर्व मन्त्रीको अवस्था गम्भीर

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०२


काठमाडौं । कोरोना संक्रमणका कारण स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माको भेण्टिलेटरमा राखेर उपचार थालिएको छ ।

दुई साताअघि संक्रमण पुष्टि भएका विश्वकर्मालाई शुरुमा उपचारार्थ वीर अस्पतालमा भर्ना गरिएको थियो ।

तर,धेरै दिनसम्म पनि स्वास्थ्य अवस्था सुधारोन्मुख नभएपछि धापासीस्थित ग्राण्डी अस्पताल लगिएको छ ।

यसबीच निमोनियासमेत देखिएपछि हिजोदेखि भेण्टिलेटरमा राखिएको छ ।

प्रतिनिधि सभाका पूर्व सांसद विश्वकर्मा यसअघि मन्त्री बनेका थिए ।

उनी काँग्रेस निकट नेपाल दलित संघका अध्यक्ष हुन् ।

 


प्रतिक्रिया दिनुहोस्