नेकपा विवाद: कर्णाली प्रदेशमा आज होला मन्त्रिपरिषद् हेरफेर ?

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : १८


सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रिमन्डल पुनर्गठनबारेको छलफल तिब्र भएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि मुख्यमन्त्री महेन्द्रबहादुर शाही छलफलमा जुटेका हुन् ।

यसअघि आजै प्रधानमन्त्री केपी शर्मा ओली निकट दुई मन्त्रीलाई हटाएर नेता माधव कुमार नेपाल पक्षधरलाई मन्त्री बनाउने तयारी गरिएको समाचारहरु सार्वजनिक भएका थिए ।

तर मुख्यमन्त्री शाहीले मन्त्री हेरफेरको काम आज नगरी एक–दुई दिनभित्र गर्ने भएका छन्।

आन्तरिक छलफल तथा परामर्श तीब्र भएपनि आज आइतबार नै पुनर्गठन हुने संभावना नरहेको मुख्यमन्त्री शाहीनिकट स्रोतले बतायो।

‘आन्तरिक छलफल र परामर्श भैरहेको छ,’ मुख्यमन्त्रीनिकट स्रोतले , ‘तर आजै मन्त्रीमण्डल पुनर्गठन हुँदैन, एक–दुई दिन लाग्छ।’

ओली पक्षका मन्त्रीलाई हटाएर पुनर्गठन हुने मुख्यमन्त्री निकट स्रोतले बतायो ।

त्यसो गर्दा अहिले रहेका प्रधानमन्त्री ओली पक्षका रावल र नन्दसिङ बुढा सरकारबाट बाहिरिने छन् । यही सम्भावनाबीच मन्त्री रावलले आफ्नो भनाइ सार्वजनिक गरेका हुन् । उनले राजीनामा भने दिएका छैनन् ।

सांसद यामलाल कँडेलको अगुवाइमा दर्ता भएको अविश्वासको प्रस्तावबाट नेपाल पक्षका ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि कात्तिक ७ गते उक्त प्रस्ताव अस्वीकृत भइसकेको छ ।

अविश्वास प्रस्ताव असफल बनाउने सन्दर्भमा नेपाल दाहाल पक्षबीच भएको सहमतिअनुसार मन्त्रिमण्डल पुनर्गठन हुन लागेको नेपाल समूहका एक सांसदले बताए ।


प्रतिक्रिया दिनुहोस्