आज बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ६ : १२


काठमाडौं । आज सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९५ हजार रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ प्रतितोला १ हजार १९५ रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार १ हजार १८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्