‘हिरोपन्ती-२’ तारा सुतारिया र टाइगर श्राफको जोडी

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ४ : २९


काठमाडौं । फिल्म ‘हिरोपन्ती२’ मा अभिनेत्री तारा सुतारिया र टाइगर श्राफसँग जोडी बाँधिने भएका छन् ।

टाइगर र तारा यसअर्घि फिल्म ‘स्टूडेन्ट अफ द ईयर –२’ मा देखिएका थिए । एक साथ फेरि काम गर्न पाउँदा खुसी लागेको तारा र टाइगरले बताएका छन् ।

ताराले आफ्नो आधिकारिक इन्स्टाग्राममा लेखेकी छन्, ‘आफ्नो फेभरेटसँग रियूनाइट । मलाई विश्वास गर्नुभएकोमा साजिद सरलाई धन्यवाद । ‘हिरोपन्ती २’ मा म काम गर्न जाँदैछु । मेरो जन्मदिनको महिनामा योभन्दा राम्रो सुरुवात अरु हुनै सक्दैन ।’


प्रतिक्रिया दिनुहोस्