गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : ३७


काठमाडौं । गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमितको निधन भएको छ ।

दुई जनाको होम आइसोलेसनमा र एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपुरको कावासोती–६ का ६७ वर्षीय पुरुष र सोहि जिल्ला गैडाकोट–२ का ७७ वर्षीया महिलाको होम आइसोलेशनमा गए राति निधन भएको हो ।

उनीहरुको दाहसंस्कार गरिसकिएको जनाइएको छ ।

यस्तै पोखरा महानगरपालिका–९ का ६२ वर्षीया महिलाको समेत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गए राति नै निधन भएको छ ।

यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्