फ्रान्समा भएको गोलीबारीमा ग्रीक अर्थोडक्स पादरी सख्त घाइते

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ३ : १७


काठमाडौं । फ्रान्सेली शहर लियोमा भएको गोलीबारीमा एक ग्रीक अर्थोडक्स पादरीको पेटमा दुई गोली लागेर सख्त घाइते भएका छन् ।

गोलीबारीपछि हमलाकर्ता घटनास्थलबाट फरार भएतापनि प्रत्यक्षदर्शीका आधारमा एक संदिग्धलाई हिरासतमा लिइएको छ । हमलाको उद्देश्य अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

प्रशासनले हत्या प्रयासको मामिलामा अनुसन्धान सुरु गरेको छ । यो घटनाअघि हालै दक्षिण फ्रान्सेली शहर नीसमा एक चर्चमा चक्कू हमलामा तीनजनाको मृत्यु भएको थियो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले यसलाई इस्लामी आतंकी हमला बताएका थिए र अतिरिक्त सुरक्षाबललाई प्रार्थना स्थलका साथै सार्वजनिक स्थानमा तैनाथ गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्