वेष्ट ह्याम युनाइटेड पराजित

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  २ : १८


काठमाडौं । साबिक विजेता लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई २–१ ले पराजित गरेको हो ।

१० औँ मिनेटमा पाब्लो फोर्नाल्सको गोलबाट भ्रमण टोली वेष्ट ह्यामले अग्रता लिएको थियो ।

त्यसपछि ४२ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहमद सालहले लिभरपुलका लागि बराबरी गोल फर्काए ।

थप खेलाडीका रुपमा मैदान छिरेका डिओगो जोटाले ८५ औँ मिनेटमा गोल गरी लिभरपुललाई जित दिलाएका हुन् ।


प्रतिक्रिया दिनुहोस्