इंग्लिस प्रिमियर लिग फुटबल: बर्नलीमाथि चेल्सीको सहज जित

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  २ : ०२


काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा भ्रमण टोली चेल्सीले बर्नलीमाथि ३–० को जित दर्ता गरेको छ ।

ट्यामी अब्राहमको सहयोगमा २६ औँ मिनेटमा हकिम जियचले गोल गरी टिमलाई सुरुवाति अग्रता दिलाए ।

म्यासन माउन्टको सहयोगमा कुर्त जोउमाले ६३ औँ मिनेटमा अग्रता दोब्बर पारे ।

यस्तै हकिमको सहयोगमा ७० औँ मिनेटमा टिमो वेर्नरले गोल गरेपछि चेल्सी विजयी भयो ।


प्रतिक्रिया दिनुहोस्