दश खेलाडीमा सिमित आलभेस विरुद्ध बार्सिलोना बराबरी

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १२ : ५९


काठमाडौं । स्पेनिस लिगमा बार्सिलोना लगातार २ खेलमा जित विहिन बनेको छ ।

शनिबार राति सम्पन्न डिपोर्टिभो विरुद्धको खेलमा बार्सिलोनाले १ एक गोलको बराबरी खेलेको छ । यसअघि एल क्लासिकोमा बार्सिलोना पराजित भएको थियो । ‘

यो बराबरीले बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई खुवाएको हार समेत विर्साईदिएको छ ।

शनिबार रातिको खेलमा बार्सिलोनालाई खेलको ६३औं मिनेटमा एन्टोअन ग्रिजम्यानले हार बाट बचाएका हुन् ।

पहिलो हाफमा १८ वर्ष लागेका वर्थ डे ब्याई आन्सु फाती र ग्रिजम्यानले पाएका २ मौका खेर फालेका थिए ।

गोल किपर नेटोको सानो गल्तीका कारण बार्सिलोना खेलको ३१ औं मिनेटमा एक गोलले पछि परेको थियो ।

जेरार्ड पिके र गोलकिपर नेटो बीचको असमझदारीमा आलभेसका रिओजाले फाईदा उठाउदै गोल गरेका थिए ।

दोश्रो हाफमा बार्सिलोनाले खेल सुधार गरेपनि आकर्षक फिनिसिङ गर्न सकेन ।

पछिल्लो १५ मिनेटमा बार्सिलोनाले गरेको झण्डै दर्जन आक्रमणलाई आलभेसका गोलकिपरले असफल बनाएका थिए ।


प्रतिक्रिया दिनुहोस्