२ जना बालिकामाथि बलात्कार गरेको आरोपमा २ जना युवक पक्राउ

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ४ : १३


ताप्लेजुङ । २ जना बालिकामाथि जबर्जस्ती करणी (बलात्कार) गरेको आरोपमा ताप्लेजुङ प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

आफ्नै नाता पर्नेबाट करणीको प्रयास भएको जाहेरीका आधारमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेमा सिदिङ्वा ४, साब्लाखु मादिबुङ बस्ने १८ वर्षीय आइन्द्रहाङ लिम्बू र आठराइ त्रिवेणी गाउँपालिका २ बस्ने २५ वर्षीय बालकृष्ण माबो लिम्बू छन् ।


प्रतिक्रिया दिनुहोस्