घर भित्रैबाट पनि सर्न सक्छ कोरोना भाइरस, बच्नका लागि अपनाउनुहोस् यस्ता सावधानी

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : ४६


विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसका संक्रमित नेपालमा पनि बढ्दो क्रममा छन् ।

एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने यो भाइरसका कारण मानिसको ज्यान समेत जाने गर्छ । कोरोना संक्रमणबाट बच्न विज्ञहरुले अनावश्यक रुपमा घर बाहिर ननिस्किन सुझाव दिइरहेका छन् ।

घर बाहिर निस्किदा स्वास्थ्य सुरक्षाका मापदण्ड (मास्कको प्रयोग, कम्तिमा २ मिटरको सामाजिक दुरी लगायत) पालना गर्न सरकारले पनि आग्रह गर्दै आएको छ ।

घरबाट बाहिर निस्किएर आएका व्यक्तिमा भाइरस संक्रमण नभए पनि बजारबाट हामीले ल्याउने सामानसँगै पनि भाइरस घरमा भित्रिएको हुन सक्छ । कोरोना भाइरसबाट बच्नका लागि हामीले घरमा पनि सावधानी अपनाउनु पर्ने हुन्छ ।

यो आलेखमा घरभित्रै कसरी कोरोना सर्न सक्छ र त्यसबाट बच्न के गर्न सकिन्छ भनेर केही सुझाव उल्लेख गरिएको छ । जुन निम्नानुसार छन्–

– दैनिक प्रयोगमा आउने तौलिया कोरोना सर्ने कारक बन्न सक्छ । त्यसैले ब्यक्ति अनुसार फरक फरक तौलिया प्रयोग गर्नु पर्दछ ।

– भान्सा वा अन्य काम हुने सतहमा काम गर्दा हातमा पञ्जा लगाउनु पर्दछ । अन्यथा यी सतहबाट कोरोन सर्ने सम्भावना उच्च हुन्छ ।

– कुनै पनि सतह सफा गर्दा सकेसम्म तातोपानीको प्रयोग गर्नु पर्दछ ।

– सुत्ने ओछ्याको सिरानीको समेत कोरोना सर्ने कारक बन्न सक्छ । यसलाई नियमित बिहान घाममा सुकाउने र अनुकुलता अनुसार धुने गर्नुपर्दछ ।

– घरको ढोकामा राखिने डोरमेट, पर्दा, रिमोट तथा अन्य उपयोगी सामाग्री सकेसम्म धेरै चलाउनु हुदैन ।

– नियमित लगाएर बाहिर जाने कपडा अनिवार्य एकै स्थानमा फुकालेर राख्ने र सकेसम्म नियमित धुने गर्नुपर्दछ ।

– बाहिरबाट आएर घरभित्र पसेपछि कसैलाई नछोई नुहाउने र नुहाएपछि धारा तथा छोइएका सामाग्रीको स्यानिटाइज गर्नु पर्दछ ।


प्रतिक्रिया दिनुहोस्