थप २ हजार ५०८ जनामा कोरोना पुष्टि

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : ३३


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप २ हजार ५०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पछिल्ले २४ घण्टामा थप २ हजार २६४ जना संक्रमित निको भएका छन् ।


प्रतिक्रिया दिनुहोस्