बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १० : २२


बारामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

वीरगञ्जको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले सञ्चालन गरेको बाबा होटलको आइसोलेसनमा उपचार गराइरहेका ६२ वर्षीय वृद्धको कोरोना संक्रमणका मृत्यु भएको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए।

मृत्यु हुनेमा बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का ६२ वर्षीय वृद्ध छन्।

उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहीबार उपचारका लागि नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

कोरोनाको लक्षण देखिएपछि त्यही दिन उनको पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।

कोरोना पुष्टि भएका उनलाई बाबा होटलको आइसोलेसनमा रहेको आइसियू कक्षमा भर्ना गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्